साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपाल र भुटानबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।
भुटानविरुद्ध घरेलु टोलीले सुरुवातबाट नै आक्रमणमा दबाब बनाएपनि फिनिसिङ दिन भने सकेको छैन। खेलमा नेपालले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेन।
पहिलो हाफको १३ औँ मिनेटमा रश्मी कुमारी घिसिङ आक्रमणमा ढिलाइ गर्न पुगिन्। १७ औँ मिनेटमा सविता रानामगरको क्रसमा प्रिती राईको फितलो प्रहार सेकेण्डबारको नजिकबाट बाहिरियो।
२४ औँ मिनेटमा रश्मी कुमारी घिसिङको प्रहार क्रसबमाथिबाट आकाशियो।
२६ औँ मिनेटमा सरु लिम्बुको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने सुन्दर मौका गुमायो।
खेलको ४० औँ मिनेटमा भुटानको बलियो डिफेन्स लाईन नेपालका खेलाडीले तोड्न सकेनन्।
Shares

प्रतिक्रिया