खेल


साफ च्याम्पियनसिपमा भाग लिन बगंलादेश, भारत र श्रीलंकाको टोली नेपाल आइपुगे

साफ च्याम्पियनसिपमा भाग लिन बगंलादेश, भारत र श्रीलंकाको टोली नेपाल आइपुगे

नेपालखबर
असोज २९, २०८१ मंगलबार १९:३६, काठमाडौँ

साफ महिला च्याम्पियनसिपमाा सहभागी हुन साविका विजेता बगंलादेशसहित उपाधि दावेदार भारत र श्रीलंकाको टोली नेपाल आइपुगेका छन्।

तिनै टोली आज मंगलबार नेपाल आइपुगेका हुन्।

साफमा सहभागी हुन भुटानको टोली भने बुधबार मात्र नेपाल आइपुग्नेछ। यसअघि मालदिभ्स र पाकिस्तानको टोली नेपाल आइसकेका छन्।

लगातार तेस्रो पटक नेपालमा हुन लागेको साफको तयारी पुरा भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ। साफको समूह चरणको खेलका लागि साधारणतर्फ ३ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ।

सेमिफाइनलदेखि भने साधारणतर्फ ५ सय र भीआइपीतर्फ १ हजार रुपैयाँ टिकट दर राखिएको छ।

साफका लागि गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपालको २३ सदस्यीय अन्तिम टोलीको घोषणा भइसकेको छ।

साफ महिला च्याम्पियनसिप कार्तिक १ गतेदेखि १४ गतेसम्म हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad