अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टर नियुक्त भएका छन्।
अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजको आगमनले नेपाल सुपर लिग (एनपीएल) मा उच्च प्रदर्शन गर्ने अपेक्षा सुदूरपश्चिम रोयल्सले राखेको छ।
हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) समेत खेलेका थिए।
हजले अस्ट्रेलियाका लागि २५ ओडीआई खेल्दै ५ सय ७५ रन बनाएका थिए। यस्तै, उनले १५ टी-ट्वान्टी आई र ६ टेस्ट पनि खेलेका छन्।
हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए। अष्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा पनि उनी थिए।
दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएल मंसिर १६ गते देखि सुरु हुँदैछ।

Shares

प्रतिक्रिया