साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत समूहको चरणको अन्तिम खेलमा घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा बुधबार भएको समूह बी को अन्तिम नेपालले भुटानविरुद्ध २–१ को जित निकालेको हो।
पहिलो हाफमै भुटानले १ गोलको अग्रता लिएको अवस्थामा नेपालका कृष्णबहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा एक/एक गोल गरेपछि नेपाल जित निश्चित भएको हो।
समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराएको थियो।
आजै भएको समुहको पहिलो खेलमा पाकिस्तानले श्रीलंकामाथि ५–१ को जित दर्ता गरेको थियो।
समुह बी बाट पाकिस्तानले समुह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो।
यो समूहबाट आयोजक भुटानसँगै श्रीलंका समूह चरणबाटै बाहिरिएका छन्।
Shares
प्रतिक्रिया