ad ad

खेल


एनपीएल : ‘लक्की ड्र’मार्फत छानिए ८ टिमका लागि मार्की खेलाडी

प्रत्येक मार्की खेलाडीले  २० लाख रुपैयाँ पाउने
एनपीएल : ‘लक्की ड्र’मार्फत छानिए ८ टिमका लागि मार्की खेलाडी

नेपालखबर
भदौ २९, २०८१ शनिबार १४:१२, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) का ८ टोलीका लागि ‘लक्की ड्र’मार्फत मार्की खेलाडीको छनोट भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार आयोजना गरेको छनोट कार्यक्रममा 'लक्की ड्र'मार्फत प्रत्येक ८ टिमका लागि एक/एक जना मार्की खेलाडी चुनिएका हुन्।

त्यस अनुसार टिम काठमाडौंमा करण केसी, पोखरामा कुशल भुर्तेल, चितवनमा कुशल मल्ल, बिराटनगरमा सन्दीप लामिछाने र लुम्बिनीमा रोहित पौडेल आवद्ध भएका छन्।

त्यस्तै जनकपुरमा आशिफ सेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी जोडिएका छन्।

क्यानले शुक्रबार एनपीएलका ८ मार्की खेलाडी सार्वजनिक गरेको थियो। 

अन्य खेलाडी अक्सनमार्फत छानिने छन्। प्रत्येक मार्की खेलाडीले  २० लाख रुपैयाँ पाउने क्यानले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .