ad ad

खेल


भारतीय राष्ट्रिय टोलीकी खेलाडी सूर्याले चितवन शक्तिबाट एभरेष्ट प्रिमियर लिग खेल्ने

भारतीय राष्ट्रिय टोलीकी खेलाडी सूर्याले चितवन शक्तिबाट एभरेष्ट प्रिमियर लिग खेल्ने

नेपालखबर
भदौ २६, २०८१ बुधबार १६:५४, काठमाडौँ

भारतीय राष्ट्रिय टोलीकी मिडल ब्लकर सूर्याले चितवन शक्तिबाट एभरेष्ट प्रिमियर लिग खेल्ने भएकी छिन्।

चितवनले बुधबार सूर्यालाई विदेशी खेलाडीको रुपमा सार्वजनिक गरेको हो। सूर्यासँग यसअघि नै नेपालको घरेलु क्लबबाट लिग खेलिसकेको अनुभव छ। उनी यसअघि एभरेष्ट क्लब बुटबलबाट लिग खेलिसकेकी छिन्।

चितवनले यसअघि विदेशी खेलाडीको रुपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई सार्वजनिक गरिसकेको छ।

चितवनमा अनुबन्ध भएपछि सूर्याले नेपालमा लिग खेल्न उत्साहित रहेको सुनाइन्। चितवनले अनुभवी खेलाडीलाई टोली अनुबन्ध गर्दा निकै खुसी लागेको बताएको छ।

चितवनमा राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही मार्की खेलाडी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .