ad ad

खेल


विश्वकपमा छानिएका जोरा र ढकाल लिग–२ को टोलीमा परेनन्

विश्वकपमा छानिएका जोरा र ढकाल लिग–२ को टोलीमा परेनन्

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १६:५१, काठमाडौँ

क्यानडामा हुने आईसीसी विश्वकप लिग–२ खेल्ने टोलीबाट यसअघि श्रीलंकामा अभ्यास गरेका तीन खेलाडी बाहिरिएका छन्। श्रीलंकामा भएको तीन एकदिवसीय सिरिजका लागि नेपालले १९ सदस्यीय टोली घोषणा गरेको थियो। 

उक्त अभ्यासपछि १६ सदस्यीय टोली लिग २ का त्रिकोणात्मक सिरिजका लागि छनोट गरिएको हो। 

नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग तथा सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ। 

यी दुई टोलीसँग नेपालले त्रिकोणात्मक टी–२० सिरिज पनि खेल्ने छ। सिरिज अन्तर्गत क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा प्रतिस्पर्धा गर्नेछ। 

त्यसपछि नेपाली टोली लिग २ अन्तर्गतकै अर्को सिरिजका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। अमेरिकामा घरेलु टोलीसँगै स्स्कटल्याण्डसँग प्रतिस्पर्धा हुनेछ। 

तर नेपाली टोलीमा यसअघि अमेरिका र क्यानडामा भएको विश्वकप खेलिसकेका दुई खेलाडीले पनि लिग २ मा मौका पाएनन्। टोलीबाट बाहिरिनेमा सन्दीप जोरा, आकाश चन्द र सागर ढकाल रहेका छन्। सन्दीप र सागर यसअघि टी २० विश्वकप खेल्ने टोलीमा थिए। आकाश भने विश्वकपको टोलीमा पनि थिएनन्।

तर, उनीहरूले क्यानडामा हुने लिग २ मा भनेस्थान बनाउन नसकेका हुन्। 

नेपाल क्रिकेट संघ क्यानले सोमबार लिग २ का लागि टोली घोषणा गरेको छ। देव खनाललाई रिजर्भ खेलाडीका रुपमा राख्दै अरु १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको छ। 

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी टोलीमा सामेल छन्। 

लिगका लागि नेपाली टोली मंगलबार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .