देशैभर जग्गा कित्ताकाट गर्न पाइने भएको छ।
सरकारले भूउपयोग नियमावली ल्याएर वर्गीकरणपछि मात्र कित्ताकाट गर्न पाइने नियम ल्याएपछि १३३ पालिकामा मात्रै जग्गा कित्ताकाट भइरहेको थियो।
नियमावलीअनुसार गत असारसम्म वर्गीकरण गरिसक्नुपर्ने व्यवस्था थियो। तर सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः १ वर्षको लागि अर्थात् आगामी असारसम्म वर्गीकरण गर्न पाइने व्यवस्था गरेसँगै अब सबै ठाउँमा कित्ताकाट गर्न पाइने भएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आगामी असारसम्म जग्गा वर्गीकरणको लागि म्याद थप भएको जानकारी दिए।
हाल २९५ पालिकाले वर्गीकरणको प्रक्रिया नै सुरु गरेका थिएनन्।
२९५ पालिकाले सुरु नै गरेनन् जग्गा वर्गीकरण, कारोबार रोकिएपछि थपिँदै छ समय
183
Shares

प्रतिक्रिया