ad ad

कारोबार


आगामी असारसम्म थपियो जग्गा वर्गीकरणको म्याद, सबै ठाउँमा खुल्यो कित्ताकाट

आगामी असारसम्म थपियो जग्गा वर्गीकरणको म्याद, सबै ठाउँमा खुल्यो कित्ताकाट

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १६:५३, काठमाडौँ

देशैभर जग्गा कित्ताकाट गर्न पाइने भएको छ। 

सरकारले भूउपयोग नियमावली ल्याएर वर्गीकरणपछि मात्र कित्ताकाट गर्न पाइने नियम ल्याएपछि १३३ पालिकामा मात्रै जग्गा कित्ताकाट भइरहेको थियो। 

नियमावलीअनुसार गत असारसम्म वर्गीकरण गरिसक्नुपर्ने व्यवस्था थियो। तर सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः १ वर्षको लागि अर्थात् आगामी असारसम्म वर्गीकरण गर्न पाइने व्यवस्था गरेसँगै अब सबै ठाउँमा कित्ताकाट गर्न पाइने भएको हो। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आगामी असारसम्म जग्गा वर्गीकरणको लागि म्याद थप भएको जानकारी दिए।

हाल २९५ पालिकाले वर्गीकरणको प्रक्रिया नै सुरु गरेका थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .