ad ad

समाज


अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्यो, १४ को मृत्यु हुँदा २ सय २८ बिरामी

अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्यो, १४ को मृत्यु हुँदा २ सय २८ बिरामी

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ७:३५,

कोरोनाको प्रकोप विश्वभर फैलँदा अमेरिकामा मृतकसँगै संक्रमितको संख्या बढेको हो।

अमेरिकी अधिकारीहरुका अनुसार कोरोनाले शुक्रबारसम्म १४ जनाको जनाको ज्यान लिइसक्दा त्यहाँ संक्रमितको संख्या २ सय २८ पुगेको छ।

मृत्युहुने १३ जना वासिङ्टन राज्यको र एक क्यालिफोर्नियाको भएको सीएनएनले जनाएको छ।

यसैबीच शुक्रबारसम्म कोरोनाभाइरस ‘कोभिद–१९’ का कारण विश्वभर ३ हजार ३८३ जनाको ज्यान गएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग तथा अन्तर्राष्ट्रिय तथ्यांकअनुसार शुक्रबार सम्म ३ हजार ३८३ को ज्यान गइसक्दा विश्वभर यस भाइरसबाट संक्रमितको संख्या ९७ हजार ९४७ पुगेको छ।

चीनपछि कोरोनाबाट सबैभन्दा बढी संक्रमित देखिएको दक्षिण कोरियामा शुक्रबारसम्म संक्रमितको संख्या ६ हजार २८४ पुगेको छ। त्यहाँ ४२ को मृत्यु भइसकेको छ।

यस्तै चीनपछि कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र इटाली र इरान हो। त्यहाँ क्रमश १४८ र १०७ को मृत्यु भएको छ।

इटालीमा ३ हजार ८५८ कोरोनाबाट संक्रमित छन् भने इरानमा ३ हजार ५१३ संक्रमित छन्।

कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै विभिन्न राष्ट्रले कोरोना संक्रमित राष्ट्रमा भ्रमण प्रतिबन्ध लगाएका छन्। विभिन्न मूलुकले पठनपाठन नै ठप्प पारेका छन्।

विश्व स्वास्थ्य संगठनले भीड र समूहमा नबस्न सुझाव दिएको छ। हात समय समयमा धुन आग्रह गरेको छ।

हालसम्म ५५ हजार १८६ जना कोरोनाको उपचारपछि स्वस्थ बनेको बताइएको छ।

कोरोनाभाइरस हाल ८० भन्दा बढी मूलुकमा देखिएको छ। सीएनएन

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .