ad ad

खेल


विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

सरोज नेपाल
भदौ २५, २०८१ मंगलबार ११:२७, काठमाडौँ

क्यानडामा हुने आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको आज (मंगलबार) बिदाइ गरिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) आज बिहान कार्यक्रम गरी रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो। 

लिग २ मा नेपालले पहिलो खेल यही सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ। यसपछि सेप्टेम्बर १८ र २४ मा ओमानविरुद्ध खेल्नेछ। 

लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ।

उक्त सिरिजमा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग प्रतिस्पर्धा गर्नेछ। 
त्यसपछि लिग २ खेल्न नेपाली टोली अमेरिका प्रस्थान गर्नेछ। 

जहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछन्। ८ टोली सहभागी लिग २ आगामी २०२७ सम्म चल्नेछ। शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्। 

तस्बिरमा हेर्नुहोस् नेपाली क्रिकेट टोलीको बिदाइ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .