एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज शुक्रबार सिंगापुरसँग प्रतिस्पर्धा गर्दै छ।
थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुने खेल खराब (चिसो) मैदानका कारण ढिला सुरु हुने भएको छ।
स्थानीय समयअनुसार बिहान १०:३० बजे खेल सुरु हुनेछ।
सिंगापुरसँग खेल्नुअघि नै एसिया कप यात्राबाट बाहिरिसकेको नेपाल सुखद अन्त्यको आशामा छ।
यता सिंगापुर भने एक खेलअगावै शीर्ष स्थानमा रहेर आगामी अगस्टमा मलेसियामा हुने एसिया कप छनोटका लागि स्थान पक्का गरिसकेको छ।
सिंगापुर आज नेपाललाई हराउँदै शतप्रतिशत नजितासहित उपाधि जित्ने दाउमा मैदान प्रवेश गर्नेछ।
नेपाल मलेसियासँग २२, हङकङसँग ४३ रनले पराजित हुँदा थाइल्यान्डलाई भने ९ विकेटले पराजित गरेको थियो।
सिंगापुरले मलेसियालाई १ सय २८ रन , थाइल्यान्डलाई ४३ रन र हङकङलाई १६ रनले पराजित गरेको थियो।
प्रतिक्रिया