ad ad

ग्लोबल


कोरोनाबाट बेलायतमा पहिलो मृत्यु, ११६ संक्रमित

कोरोनाबाट बेलायतमा पहिलो मृत्यु, ११६ संक्रमित

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार २:४६,

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बेलायतमा पहिलो व्यक्तिको मृत्यु भएको छ।

कोरोना संक्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ।

कोरोनाको संक्रमण देखिएपछि ती महिला गएको बुधबार अस्पताल भर्ना भएकी थिइन्। बेलायतमा कोरोना संक्रमितको संख्या एक सय १६ पुगेको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनका आधिकारिक प्रवक्ताले भने बेलायतमा पनि भाइरस तीव्र रुपमा फैलिरहेको बताएका छन्।

पछिल्लो २४ घन्टामा मात्रै बेलायतमा कोरोनाबाट ३० जना संक्रमित भएका छन्।

कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विश्वमा ३२ सयभन्दा धेरैको मृत्यु भइसकेको छ। ९० हजारभन्दा धेरै संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .