खेल


गण्डकी थन्डर्सको लोगो सार्वजनिक

गण्डकी थन्डर्सको लोगो सार्वजनिक

नेपालखबर
भदौ १७, २०८१ सोमबार २१:२९, काठमाडौँ

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को फ्रेन्चाइजी टिम गण्डकी थन्डर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ।

गण्डकीले सोमबार आफ्नो सामाजिक सञ्जाल मार्फत अफिसियल लोगो सार्वजनिक गरेको हो।

गण्डकीले छिटै आफ्नो विदेशी खेलाडी पनि सार्वजनिक गर्ने टिमका निर्देशक विकास खेतानले जानकारी दिए।

इडब्लुभीएल आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ।

नेपाली राष्ट्रिय टिमकी स्पाइकर सरस्वती चौधरी मार्की प्लेअर रहेको गण्डकीले नेपाली खेलाडीहरुको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ।

गण्डकीमा राष्ट्रिय टिमका खेलाडी कविता भट्ट र प्रगति नाथ रहेका छन्। त्यस्तै राष्ट्रिय टिमबाट खेलिसकेकी लक्ष्मी चन्द र रिमा कुँवर छन्। टिममा आरती चौधरी, श्नेहा ठगुन्ना र सरस्वती जैशी रहेका छन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad