ड्यानी ओल्मोको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तेस्रो जित दर्ता गरेको छ।
गएराति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ हराउँदै लगातार तेस्रो जित हासिल गरेको हो।
यही महिनाको सुरुमा आरबी लाइपजिगबाट ६० मिलियन युरोमा पुनः बार्सिलोना आएका ओल्मोले आर्थिक नियमका कारण सुरुवाती खेल खेल्न पाएनन्।
ला लिगामा डेब्यु गोल गर्दै टोलीलाई जिताए। पहिलो हाफको नवौँ मिनेटमा उनाइ लोपेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर खेलको ६०औँ मिनेटमा राफिन्हाको पासमा पेड्रिले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ८२औँ मिनेटमा लामिन यामलको पासमा ओल्मोले बललाई उत्कृष्ट फिनिसिङ दिँदै टोलीको जित निश्चित गरे।
जितसँगै बार्सिलोना ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा छ। जितसँगै बार्साले ३ खेलबाट ९ अंक बनाएको छ। २ खेलमा जित र १ खेलमा बराबरी गरेको भिल्लारियल ७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।
ला लिगामा लगातार दोस्रो हार बेहोरेको भालेकानो भने अंक तालिकाको पुछारमा छ।
Shares
प्रतिक्रिया