ad ad

खेल


एएफसी महिला च्याम्पियनसिपः नेपालको एपीएफ र मलेसियाको सबाह भिड्दै

एएफसी महिला च्याम्पियनसिपः नेपालको एपीएफ र मलेसियाको सबाह भिड्दै

नेपालखबर
भदौ १२, २०८१ बुधबार ८:३१, काठमाडौँ

मलेसियामा जारी एएफसी महिला च्याम्पियनसिपअन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज (बुधबार) नेपाल एपीएफ फुटबल क्लब र घरेलु टोली सबाह भिड्दै छन्। 

मलेसियाको लिकास स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ।

पहिलो खेलमा उज्वेकिस्तानको पीएफसी नसाफसँग १–० ले पराजित एपीएफ आजको खेल जितेर सुखद अन्त्य गर्न चाहन्छ।

नेपालबाट एएफसी महिला च्याम्पियनसिप खेल्ने एपीएफ पहिलो टोली हो। एपीएफ महिला लिग च्याम्पियनको हैसियतमा च्याम्पियनसिप खेलेको हो।

एपीएफ नेपालको महिला लिग च्याम्पियनसिप विजेताको हैसियतमा च्याम्पियनसिपमा सहभागी भएको हो।

च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी हुनेछन्।

च्याम्पियनसिपमा सन् २०२४ को फिफा वरीयतामा शीर्ष ८ मा रहेका राष्ट्रका क्लबले सिधै समूह चरणमा स्थान बनाइसकेका छन्।

बाँकी १४ देशका क्लबले भने समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नुपर्नेछ।

१४ मुलुकका क्लबलाई ४ समूहमा विभाजन गरिएको छ। चार समूहका विजेता च्याम्पियनसिपको समूह चरणमा प्रवेश गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .