ad ad

खेल


भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

तस्बिर: सरोज नेपाल


नेपालखबर
भदौ ९, २०८१ आइतबार १७:३, काठमाडौँ

भुटानलाई टाइब्रकेरमा पराजित गर्दै घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा टाइब्रेकरमा भुटानलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। 

टाइब्रेकरमा नेपालका लागि राम थापा, अविनास स्याङताङ, सिमान्त थापा र गोलरक्षक जियारथ शेखले गोल गरे।

भुटानका लागि ज्याक्सुन दोर्जीको प्रहार मात्र सफल भयो। भुटानका जिग्मे नाङमेल र दोर्जी को प्रहार नेपालका गोलरक्षक जियारथ शेखले विफल पारे। 

नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। खेलको ५६ औँ मिनेटमा भजस्टविनको गोलमा भुटानले सुरुवाती अग्रता बनाएको थियो।

७१औँ मिनेटमा नेपालका अविनास स्याङताङको फ्रिकीक भुटानी गोलरक्षकले उत्कृष्ट बचाउ गरे। ७४औँ मिनेटमा अविनासको फ्रीकीक क्रसबारको माथिबाट बाहिरियो। 

खेलको ७७औँ मिनेटमा भुटान १० खेलाडीमा समेटियो। किङजाम दोहोरो पँहेलो कार्ड खादै मैदान छाडेपछि भुटान १० खेलाडीमा सीमित बनेको थियो। च्याम्पियनसिपमा भुटानले लगातार तीन खेलमा रातो कार्ड पाएको हो। 

भुटान १० खेलाडीमा सीमित बनेलगत्तै निराजन धामीको हेडर गोलमा नेपाल खेलमा फर्कियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .