ad ad

खेल


एएफसी महिला च्याम्पियनसिप खेल्न एपीएफ टोली मलेसिया गयो

एएफसी महिला च्याम्पियनसिप खेल्न एपीएफ टोली मलेसिया गयो

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार ९:११, काठमाडौँ

एएफसी महिला च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाल एपीएफ क्लबको टोली मलेसिया गएको छ।

महिला लिग च्याम्पियनसिप विजेताको हैसियतले एपीएफको टोली उक्त प्रतियोगितामा सहभागी हुन बिहीबार राति मलेसिया प्रस्थान गरेको हो।

एपीएफले आइतबार उज्वेकिस्तानको नसाफसँग खेल्नेछ।

बुधबार मलेसियाको सबाहविरुद्ध खेल्ने तालिका छ। एपीएफ यी दुई टोलीलाई हराउँदै समूह चरणमा स्थान बनाउने रणनीतिमा छ।

एपीएफकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा भने च्याम्पियनसिपका लागि उपलब्ध हुने छैनन्। उनी व्यावसायिक फुटबल खेलका लागि हाल फ्रान्समा छिन्।

साम्बाको अनुपस्थितिमा पनि टोलीले राम्रो खेल्ने विश्वास टोलीकी कप्तान अनिता बस्नेतले गरेकी छन्। 

उनले भनिन्- च्याम्पियनसिपका लागि तयारी राम्रो भइरहेको छ, साम्बा नहुँदा पनि टोलीमा बहिनीहरूले मेहनत गरिरहेका छन्।

वाफ च्याम्पियनसिपमा घाइते भएकी प्रिती राईले भने यही च्याम्पियनसिपबाट पुनरागमन गर्दै छिन्।

च्याम्पियनसिपका लागि एपीएफले राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई पनि भित्र्याएको छ। 

यस्तै राष्ट्रिय टोलीमा रहेकी नेपाल पुलिस क्लबकी गोलरक्षक उषा नाथ र डिफेन्डर अमृता जैसीलाई तथा त्रिभुवन आर्मी क्लबकी डिफेन्डर अमिशा कार्की र दीपा शाहीलाई पनि एपीएफले टोलीमा ल्याएको छ।

च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी हुनेछन्।

टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनसिपका लागि तयारी राम्रो गरिएको बताएका छन्।

लेबनानका लागि तयारी गरिरहेका टोलीका खेलाडीहरू त्यो रद्द हुनेबित्तिकै च्याम्पियनसिपमा सामेल हुने भएकाले राम्रो प्रर्दशन गर्ने उनको भनाइ छ। 

उनले भने- साम्बा नहुँदा टोलीमा प्लान की बनाएका छौँ, साम्बाको स्थान लिन खेलाडीलाई गाह्रो भए पनि टोलीमा व्यक्तिभन्दा टिमले काम गर्ने हो। 

सन् २०२४ को फिफा वरीयताको शीर्ष ८ मा रहेका राष्ट्रका क्लबले सिधै समूह चरणमा स्थान बनाएका छन्। 

बाँकी १४ राष्ट्रका क्लबले भने समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नुपर्ने छ। 

१४ देशका क्लबलाई ४ समूहमा विभाजन गरिएको छ। यी समूहका विजेताले च्याम्पियन्सिपको समूह चरणमा स्थान बनाउनेछन्। 

प्रारम्भिक चरणका खेल पर्सि आइतबारदेखि शनिबारसम्म हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .