अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १४औँ संस्कणमा सहभागी हुन भिजन तामाङ बुधबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन्।
यही अगस्ट २४ तारिखमा हुने प्रतियोगितामा भिजन २ स्पर्धामा सहभागी हुने छन्।
उनले पुरुष ३८ केजीमुनि र एकल पुम्सेमा सहभागिता जनाउने छन्।
भिजनसँगै अफिसियल मीनप्रसाद खनाल पनि दक्षिण कोरिया प्रस्थान गरेका छन्।
आईओएफटीसीमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने छन्।
अशोक दक्षिण कोरियामै छन्। उनी ग्यारोगी र पुम्सेमा निर्णायक बस्ने छन्।
36
Shares

प्रतिक्रिया