कला


‘बुलाकी’ श्रीलंकाको ‘जाफना इन्टरनेसनल सिनेमा फेस्टिभल’मा छनोट

‘बुलाकी’ श्रीलंकाको ‘जाफना इन्टरनेसनल सिनेमा फेस्टिभल’मा छनोट

नेपालखबर
भदौ ५, २०८१ बुधबार १४:३६, काठमाडौँ

गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘बुलाकी’ दक्षिण एसियाकै प्रतिष्ठित मानिने श्रीलंकाको सिनेमा महोत्सवमा छनोट भएको छ।

सुरक्षा पन्त अभिनित यो फिल्म ‘जाफना इन्टरनेसनल सिनेमा फेस्टिभल २०२४’ मा छनोट भएको छ।

उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यु फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोटमा परेको हो। जाफना सिनेमा फेस्टिभलको दशौं संस्करण आगामी सेप्टेम्बरमा हुँदै छ। 

‘बुलाकी’ प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गत वर्ष नेपाली फिल्म ‘द रेड सुटकेसले’ जितेको थियो। फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै खुसी व्यक्त गरेका छन्।

‘तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको कामले कहिँ न कहिँ सार्थकता पाउने रैछ, श्रीलंकाको प्रतिष्ठित सिनेमा महोत्सवमा बुलाकी छनोट भएको खुसी साट्न पाउँदा हर्षित छु। हाल नेपाली सिनेमा घरमा प्रदर्शनरत हाम्रो फिल्म अर्को हप्ताबाट अन्तर्राष्ट्रिय प्रदर्शनी थालनीको तयारीमा रहेको समेत जानकारी गराउन चाहन्छु,’उनले लेखेका छन्। 

नेपाल सरकारबाट विशेष फिल्मको अवार्डबाट पुरस्कृत यो फिल्मले यसअघि नै देश तथा विदेशका विभिन्न प्रतिष्ठित अवार्ड जितिसकेको छ। यो फिल्म दोस्रो पटक प्रदर्शनमा आएको हो। 

लक्ष्मण सुनार निर्देशित यस फिल्मले पश्चिम नेपालको कर्णाली र सुदूरपश्चिम भेगको सामाजिक कथा उठान गरेको छ। यस फिल्ममा सुरक्षा र विराजसहित नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad