ad ad

खेल


काजकिस्तानकी कालिनोभाले मधेस युनाइटेडबाट खेल्ने

काजकिस्तानकी कालिनोभाले मधेस युनाइटेडबाट खेल्ने

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १८:३१, काठमाडौँ

मधेस युनाइटेडले पहिलो विदेशी खेलाडी भित्र्याएको छ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभीएल) आयोजना हुँदैछ। उक्त लिगमा मधेस युनाएटेडले काजकिस्तानकी खेलाडी कालिनोभा यभजिनियालाई भित्र्याएको हो।

‘उनलाई मधेस युनाइटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ। उनी स्पाईकर पोजिसनमा खेल्नेछिन्’ मधेस युनाइटेडले भनेको छ, ‘३५ वर्षीय कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ। उनको उचाई १८० सेन्टिमिटर छ।’

कालिनोभाले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताइन्।

‘मधेस प्रदेशबाट पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदैछु। मधेस युनाइटेडबाट खेल्दैछु। हाम्रो टिमलाई समर्थन गर्नुहोला।’

मधेस युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोमालाई मधेश टिममा स्वागत गर्दै उनको अनुभवले टिमको लागि धेरै फाइदा पुग्ने बताइन्।

मधेश युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन्। यस्तै, नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ।

जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू२०  टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन्।

यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेस युनाइटेडको टिममा छन्।

पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा ६ टोलीले सहभागिता जनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .