ad ad

खेल


नेपाल पहिले फिल्डिङमा

नेपाल पहिले फिल्डिङमा

नेपालखबर
फागुन २१, २०७६ बुधबार २:३०,

एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगिता अन्तगर्त आफ्नो तेस्रो खेलमा नेपालले आयोजक थाईल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा थाईल्यान्डका कप्तान विचानाथ सिंहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।

आजै हुने हङकङ र सिंगापुरको खेलको नतिजाले पनि नेपालको भाग्यको निर्धारण हुनेछ।

हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ भने सिंगापुरले जित्दा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ।

मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको नेपालले आजको खेल फराकिलो अन्तरले जित्नैपर्ने दबाब छ।

आफ्नो अन्तिम खेल खेल्न लागेको थाईल्याण्ड भने हङकङ र मलेसियासँग समान ८ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित हुँदै बाहिरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .