ad ad

छापा खबर


माधव नेपाललाई प्रधानमन्त्रीको अफर!

माधव नेपाललाई प्रधानमन्त्रीको अफर!

नेपालखबर
फागुन २१, २०७६ बुधबार २:१०,

‘तपाईंलाई असहयोग गर्ने भनेको छैन। तर सहयोग पनि के नाममा गर्ने? कुन कुरा हेरेर गर्ने, योचाहिँ राम्रो गर्नुभयो भनेर सहयोग गर्ने?’

यो संवाद हो, गत बुधबार साँझ ४ बजेर २० मिनेट जाँदा बालुवाटारमा भएको।

आजको जनआस्था साप्ताहिकका अनुसार पौने ३ बजेतिर सचिवालयको बैठक सकिएर सबै हिँडिसकेका थिए।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भएभरका सञ्चारमाध्यम अघिल्तिर उभिएर निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्षबाटै फरक धारणा आयो।

कोटेश्वर नपुग्दै माधव नेपाललाई फोन गयो। ‘एकदमै जरुरी छ, तपाईं फर्किनुपर्ने भयो कमरेड।’
माधव नेपाल फेरि बालुवाटार पुगे।

प्रधानमन्त्रीको एउटै आग्रह थियो, ‘मलाई सहयोग गर्नुपर्यो।’

प्रधानमन्त्री केपी ओलीले भने, ‘वामदेवलाई राष्ट्रियसभामा लैजान नसक्ने मेरा केही बाध्यता छन्। मैले युवराज खतिवडालाई दोहोर्याउने भनेर बचन दिइसकेको छु। राष्ट्रिय सभामा पनि त्यो कुरा सुनाइसकेको छु। राष्ट्रपतिलाई पनि त्यो कुरा सुनाइसकेको छु। यसमा मलाई साथ दिनुपर्यो।’

तर माधव नेपालले मानेनन्। उनले भने, ‘तपाईंले डेढ घन्टाअघि नै मेरो बाध्यता यो छ भनेर किन भन्नु भएन? मेरो बाध्यता यो छ भनेको भए हामी पनि कुरा बुझ्थ्यौँ नि। जेएन, म र प्रचण्ड गरी तीनै जना प्रधानमन्त्री भइसकेका मान्छे त्यहीँ थियौँ त।’

माधवले आश्चर्य मान्दै भने, ‘निर्णय भइसकेपछि मान्दिन भन्न पाइँदैन। तपाईं विश्वस्त हुनुस्, जे भए पनि सरकार तलमाथि हुँदैन। यदि सरकार तलमाथि हुने थियो भने उहिल्यै भइसक्थ्यो। किने भने, यसबीच के कस्ता अफर आए, कता कताबाट कस्ता कस्ता चलखेल भए? मेरै हकमा पनि कस्ताकस्ता प्रस्ताव आए? तपाईंलाई थाहै छ। तर म कहिल्यै त्यतातिर लागिन।’

आफूलाई प्रधानमन्त्रीको अफर आएको र आफूले चाहेको भए सरकारले उहिल्यै ढलिसक्थ्यो भन्दै माधव नेपालले निर्णयबाट पछि फर्कन नसकिने अडान ओलीलाई सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .