ad ad

खेल


सहारा क्लबले राष्ट्रिय टोलीका सुजल श्रेष्ठलाई सम्मान गर्ने

सहारा क्लबले राष्ट्रिय टोलीका सुजल श्रेष्ठलाई सम्मान गर्ने

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ६:४८,

सहारा क्लब पोखराले राष्ट्रिय फुटबल टोलीका खेलाडी सुजल श्रेष्ठलाई सम्मान गर्ने भएको छ।

आहा–रारा गोल्डकपको आयोजक सहाराले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७६’ बाट सुजल श्रेष्ठलाई सम्मान गर्ने जानकारी दिएको हो।

श्रेष्ठलाई ३५ हजार रुपैयाँ, प्रमाण–पत्र र दोसल्लासहित सम्मान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। उक्त पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका हुन्।

उनलाई प्रतियोगिताको उद्घाटनको अवसरमा सम्मान गर्ने क्लबले जनाएको छ। प्रतियोगिता आगामी बिहीबारदेखि सुरु हुनेछ। सहारा क्लबले दुई वर्ष अघिबाट राष्ट्रिय टोलीका उत्कृष्ट खेलाडीलाई सम्मान गर्न थालेको हो। सुजल सो सम्मान पाउने तेस्रो खेलाडी हुन्। यसअघि राष्ट्रिय टोलीका फरर्वड भरत खवास, गोलरक्षक किरण चेम्जोङलाई सम्मान गरिसकेको छ।

sujal shrestha 1

सुजलले सहारा क्लबाट सम्मानित हुन पाउनु आफ्ना लागि ठूलो खुसीको कुरा भएको बताए। उनले क्लबहरुले सकभर स्थानीय खेलाडीलाई नै सम्मान गर्ने प्रचलन सहारा क्लबले तोडेको बताए।

‘सहारा क्लवबाट सम्मानित हुनपाउनु मेरो लागि ठूलो खुसीको कुरा हो’, नेपालखबरसँग कुरा गर्दै सुजलले भने, ‘प्रायः क्लबले सम्मानका लागि आफ्नै क्षेत्रका खेलाडी छनोट गर्नछन् तर सहाराले ठाउँ नहेरी खेलका आधारमा सम्मान गर्छ, यो सकारात्मक कुरा हो।’

धनकुटाका सुजल सन् २०११ देखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन्। उनी एन्फा तेस्रो ब्याचका खेलाडी हुन्। घरेलु मैदानमा गत मंसिरमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा सुजलले नै राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए।

सन् २०१० मा संकटा क्लबबाट खेल जीवन सुरु गरेका सुजल २०११ मा मनाङ–मस्र्याङदी क्लबमा आबद्ध भएका थिए। लामो समय मनाङ–मस्र्याङदीमा बिताएका उनी यो सिजनदेखि मछिन्द्र क्लवमा आबद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .