ad ad

खेल


अस्थायी रुपमा जोगियो दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता

अस्थायी रुपमा जोगियो दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता

नेपालखबर
साउन २५, २०८१ शुक्रबार २२:५, काठमाडौँ

देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता जोगिएको छ।

एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले रंगशालाको परीक्षण गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अनुमती दिएसँगै रंगशालाको मान्यता जोगिएको हो। योसँगै अब अन्तर्राष्ट्रिय खेल हुने बाटो खुलेको छ।

तर यो मान्यता एक वर्षका लागि मात्र हो। एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई एक वर्षका लागि सेफ्टी सर्टिफिकेट दिएको छ।

एएफसीले एएफसीले रंगशालाको अन्तर्राष्ट्रिय मान्यता खोसेको थियो। साउन ९ गते एएफसीका प्रतिनिधिले रगंशालाको निरीक्षण गरेसँगै रंगशालाको मान्यता जोगिएको हो।

एएफसीले रंगशालालाई अयोग्य घोषणा गरेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफै मैदान संरक्षणको जिम्मा लिएको थियो।

राखेपले एन्फालाई एएफसीको आधिकारिक जवाफ मागेपछि एन्फाले योग्य रहेको रिपोर्ट दिएको थियो।

रंगशाला अयोग्य घोषणा भएसँगै नेपाली टोलीले विश्वकप छनोटको खेल घरेलु मैदानमा खेल्ने मौका गुमाएको थियो।

तर अब नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले साउन २९ गते एएफसी च्यालेन्ज लिग छनोटको प्ले अफमा भुटानको पारो एफसीसँग खेल्ने बाटो खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .