ad ad

खेल


एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुने ६ टोलीको नाम सार्वजनिक

एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुने ६ टोलीको नाम सार्वजनिक

नेपालखबर
साउन २४, २०८१ बिहिबार १९:२८, काठमाडौँ

एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणमा सहभागी हुने ६ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक भएको छ।

इन्फिनिटी ड्रिम्स प्रालिले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लिगमा सहभागी हुने टोली र टिम मालिकको नाम सार्वजनिक गरेको हो।  

लिगमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेस, टिम गण्डकी, टिम चितवन र टिम कर्णाली गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यो फ्रेन्चाइज लिगले महिला शसक्तिकरणमा सहयोग पुग्ने विश्वास इन्फिनिटी ड्रिम्सकी स्नेभी चापागाईंले‌ गरेकी छिन्।

लिगमा हरेक टोलीले १४ खेलाडीमा‌ ९ नेपाली र ३ विदेशी राख्न पाउने इन्फिनिटी ड्रिम्सका संस्थापक आमिर अख्तरले जानकारी दिए।

लिगमा सहभागी हुने नेपाली‌ खेलाडीको‌ ड्राफ्ट सूची केही दिनमा सार्वजनिक गर्ने आयोजकले बताएको छ। २ खेलाडी ट्यालेन्ट हन्टबाट आउनेछन्।

लिगमा सहभागी हुने नेपाली‌ खेलाडीलाई ३ श्रेणीमा विभाजन गरिएको छ। क्याटोगोरी ए का खेलाडीले १ लाख ५० हजार, बी श्रेणीका खेलाडीले १ लाख र सी श्रेणीका खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्।

नेपाल भलिबल संघका‌ अध्यक्ष जीतेन्द्रबहादुर चन्दले भविष्यमा खेलाडीले‌ पाउने रकम बढ्दै जाने विश्वास व्यक्त गरे।

लिगका लागि संघले यसअघि नै प्रालिसँग सम्झौता गरेको थियो।

लिगमा सहभागी टोली र टिम मालिकको नाम
टिम काठमाडौंः शरद कृष्ण टिबरेवाला
टिम ललितपुरः अनुज एम. तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल (कोरसिंक नेपाल)
टिम मधेशः रोहित अग्रवाल र विशाल अग्रवाल
टिम गण्डकीः सौरभ केडिया
टिम चितवनः निम्बस होल्डिंग्स
टिम कर्णालीः राजेश बगडिया र प्रतिक अधिकारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .