काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतविरुद्ध नेपालले २–१ को सेटमा अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार जारी फाइनलमा नेपालले भारतविरुद्ध २–१ को अग्रता बनाएको हो।
पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने १४–२५ ले गुमाउन पुग्यो। तर तेस्रो सेटमा २५–२२ को जित निकाल्दै नेपालले खेलमा पुनः अग्रता बनाएको हो।
पहिलो सेट गुमाएको भारतले दिोस्रो सेटमा जित निकाल्दै पुनरागमन गरेपनि तेस्रो सेट भने गुमाउन पुग्यो।
दोस्रो सेटको सुरुवातबाट नै प्रतिस्पर्धात्मक देखिएको खेलमा नेपालले लय गुमाउन पुग्दा दोस्रो सेट गुमायो।
पहिलो सेटको सुरुवात नै अग्रता बनाएको नेपालले केही गल्ती गर्न पुग्दा अंक गुमाउन पुग्यो। यद्यपी अन्तिम समयमा नेपालले आक्रमणमा आक्रमक देखिएको नेपालले लगातार अंक बटुल्दा उत्कृष्ट पूनरागनम गर्दै भारतविरुद्ध अग्रता बनाएको थियो।
तेस्रो सेटमा नेपालले पून अग्रता बनाएसँगै नेपाल जिततर्फ उन्मुख भएको छ।
Shares
प्रतिक्रिया