काभा महिला भलिबल नेसन्स लिगको फाइनलको दोस्रो सेट नेपालले गुमाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार जारी फाइनलमा नेपाल र भारतले एक एक सेट आफ्नो पक्षमा पारेका छन्।
पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने १४–२५ ले गुमाउन पुग्यो। दोस्रो सेटमा भारतले घरेलु टोलीविरुद्ध भारतले उत्कृष्ट पुनरागनम गरेको हो।
दोस्रो सेटको सुरुवातबाट नै प्रतिस्पर्धात्मक देखिएको खेलमा नेपालले लय गुमाउन पुग्दा दोस्रो सेट गुमायो।
पहिलो सेटको सुरुवात नै अग्रता बनाएको नेपालले केही गल्ती गर्न पुग्दा अंक गुमाउन पुग्यो। यद्यपी अन्तिम समयमा नेपालले आक्रमणमा आक्रमक देखिएको नेपालले लगातार अंक बटुल्दा उत्कृष्ट पूनरागनम गर्दै भारतविरुद्ध अग्रता बनाएको थियो।
तर दोस्रो सेट गुमाएपछि खेल रोमाञ्चक बनिरहेको छ।
Shares

प्रतिक्रिया