काभा महिला भलिबल नेसन्स लिग अन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पहिलो खेलमा श्रीलंका र इरान खेल्नेछन्। यी दुबै टोली लिगमा पहिलो जितको खोजीमा छन्।
पहिलो खेलमा पराजित भएका दुबै टोली लिगमा पहिलो जित निकाल्दै अंक तालिकामा अंक जोड्ने प्रयासमा हुनेछन्।
श्रीलंका नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। लिगको उद्घाटन खेलमा श्रीलंका नेपालसँग २५–१९, २५–१८ र २५–१९ ले पराजित भएको हो।
बिहीबार नै भएको लिगको दोस्रो खेलमा इरान भारतसँग ३–१ को सेटमा पराजित भएको थियो।
इरान भारतसँग २५–२०,२५–१८,१९–२५ र २५–११ ले पराजित भएको हो।
आजै हुने दोस्रो खेलमा भारत र मालदिभ्स खेल्नेछन्। लिगमा मालदिभ्स पहिलो खेल खेल्न लागेको हो। भारत भने आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।
भारत र मालदिभ्सबीचको खेल साँझ सवा ५ बजे सुरु हुनेछ। घरेलु टोली नेपालले भोलि शनिबार भारतविरुद्ध खेल्ने तालिका छ।
Shares
प्रतिक्रिया