काभा नेसन्स लिग महिला भलिबल प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको दोस्रो खेलमा भारतले इरानलाइ ३–१ को सेटमा पाखा लगाएको हो।
भारतले इरानविरुद्ध २५-२०,२५-१८,१९-२५ २५-११ ले जित हात पारेको हो।
पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको भारतले तेस्रो सेट भने गुमाउन पुग्यो।

जितसँगै भारतले अंक तालिकामा ३ अंक जोडेको छ।
आजै भएको पहिलो खेलमा नेपालले श्रीलंकामाथि सोझो सेटमा जित हात पारेको थियो।

अंक तालिकामा नेपाल शीर्ष र भारत दोस्रो स्थानमा छ।
लिगमा भोलि शुक्रबार श्रीलंका र इरान तथा भारत र मालदिभ्स खेल्नेछन्।

42
Shares

प्रतिक्रिया