ad ad

खेल


महिला एसिया कपको फाइनलमा भारतलाई हराउँदै श्रीलंकाले रच्यो इतिहास

महिला एसिया कपको फाइनलमा भारतलाई हराउँदै श्रीलंकाले रच्यो इतिहास

नेपालखबर
साउन १३, २०८१ आइतबार १८:४५, काठमाडौँ

श्रीलंकाले महिला एसिया कप २०२४ को उपाधि जितेर इतिहास रचेको छ।

आइतबार (जुलाई २८) भएको फाइनल खेलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले पहिलोपटक महिला एसिया कपको उपाधि जितेको हो। 

श्रीलंकाका लागि कप्तान चमारी अटापट्टुले ६१ र हर्षिता समरविक्रमाले ६९ रन बनाए। दुवैले ८७ रनको साझेदारी पनि गरे।

दाम्बुलामा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। टोलीले २० ओभरमा २ विकेट गुमाएर १६५ रन बनायो। स्मृति मन्धानाले अर्धशतक बनाइन्। जेमिमाह रोड्रिग्जले २९ र ऋचा घोषले ३० रन बनाइन्। श्रीलंकाकी कविशा दिल्हारीले २ विकेट लिइन्। 

श्रीलंकाले १९ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीकी कविशा दिल्हारीले ३० रन बनाएपछि नटआउट रहिन्, उनले पूजा वस्त्रकारविरुद्ध विजयी छक्का प्रहार गरिन्। भारतका लागि दीप्ती शर्माले एक विकेट लिइन्। एक ब्याटर रन आउट भयो।  

सन् २००४ मा सुरु भएको महिला एसिया कपमा श्रीलंका पहिलोपटक च्याम्पियन बनेको हो। यसअघि ऊ ५ पटक उपविजेता बनेको थियो। 

योसँगै भारत भने दोस्रोपटक महिला एसिया कपको फाइनलमा हारेको छ। भारतीय टोली यसअघि सन् २०१८ मा बंगलादेशसँग हारेको थियो। भारतले ७ पटक महिला एसिया कपको उपाधि जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .