खेल


लगातार दोस्रो हारसँगै नेपालको एसिया कप छनोट खेल्ने लक्ष्यमा धक्का

लगातार दोस्रो हारसँगै नेपालको एसिया कप छनोट खेल्ने लक्ष्यमा धक्का

नेपालखबर
फागुन १८, २०७६ आइतबार ५:०,

एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हारसँगै नेपालको एसिया कप छनोट खेल्ने लक्ष्यमा धक्का पुगेको छ। 

आइतबार हङकङसँग ४३ रनले पराजित भएसँगै नेपालको छनोट खेल्ने लक्ष्यमा धक्का पुगेको हो। नेपालले पहिलो खेलशनिबार मलेसियासँग २२ रनले गुमाएको थियो।

५ टोली सहभागी यस प्रतियोगिताका शीर्ष दुई टोलीले आगामी अगष्टमा हुने एसिया कपको छनोट खेल्नेछन्। दुई खेल खेलिसक्दा नेपाल अंक तालिकाको चौथो स्थानमा पुगेको छ।

सिंगापुर, मलेसिया र थाइल्याण्ड शीर्ष तीन स्थानमा छन्।  

हङकङले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनमा समेटियो। 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६ रनको योगदान गरेपनि जित दिलाउन सकेन। ज्ञानेन्द्रले ४३ बलमा ४ चौका र एक छक्का प्रहार गरे। यस्तै कुशल मल्लले १९, अविनाश बोहराले १२ र आरिफ सेखले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

त्यसबाहेक पूर्वकप्तान पारस खड्का ४, दीपेन्द्रसिंह ऐरी ५, पवन सर्राफ १, विनोद भण्डारीले ५ र करण केसीले ७ रन जोडे। 

त्यसअघि बैँककस्थित ट्रेडथाई मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो। 

हङकङका निजाकत खानले सर्वाधिक ४८ रन जोडे। उनले २९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै मोहम्मद अजिज खानले २९, हारोन मोहम्मद आर्सादले २७ र साहिद वासिफले २६ रन जोडे। 

नेपालका सन्दीप लामिछाने र सुशान भारीले समान २-२ विकेट लिएका थिए। यस्तै कुशल मल्लले एक विकेट लिए। सन्दीपले ४ ओभरमा २५ तथा सुशानले त्यति नै ओभरमा ३७ रन खर्चे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad