ad ad

खेल


‘हिमालयन १००’ ब्लिज चेसमा रुपेश च्याम्पियन

‘हिमालयन १००’ ब्लिज चेसमा रुपेश च्याम्पियन

नेपालखबर
साउन ५, २०८१ शनिबार २२:५०, काठमाडौँ

हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको १ सयौं वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान राख्ने अभियानअन्तर्गत् शनिबार आयोजित ‘हिमालयन १००’ ब्लिज चेसमा रुपेश जैसवाल च्याम्पियन भएका छन्।

हिमालयन चेस एकेडेमीले युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै किङ्स कलेज, बबरमहलमा सम्पन्न गरेको प्रतियोगितामा फिडे मास्टर (एफएम) रुपेशले अपराजित रहँदै सर्बाधिक ९.५ अंक जोड्दै उपाधि जितेका हुन्। 

अर्का एफएम क्षितीज भण्डारी ९ अंकसहित उपविजेता भए। पुरुषोत्तम सिलवाल र रामहरि काकीले समान ८ अंक बनाए। तर, टाइब्रेकरको आधारमा पुरुषोत्तम तेस्रो भए।

गत वर्षका नेपाल च्याम्पियनसमेत रहेका २१८० रेटेड रुपेशले दसौं तथा अन्तिम चरणमा राजेन्द्रप्रसाद श्रेष्ठसँग अंक बाँड्नुअघि रुबेश्री चौलागाइँ, विनोद तामाङ, भुवनेश्वर चौधरी, धिरेन राई, सुशील चौधरी, पुरुषोत्तम सिलवाल, क्षितीज, सजल न्यौपाने र पुरुषोत्तम चौलागाइँलाई पराजित गर्दै पूर्ण अंक जोडेका थिए।

क्षितीजले सातौं चरणमा रुपेशसँग पराजय बेहोर्नुबाहेक अरु सबै खेल जितेका थिए। पुरुषोत्तमले रुपेश र क्षितीजविरुद्ध मात्रै हारे बेहोरे र अरु आठ खेलमा परा अंक जोडे।

खुला, महिला तथा अरु १५ स्पर्धासमावेश कुल ५४ हजार रुपिया पुरस्कारको प्रतियोगितामा रुपेशले १० हजार, क्षितीजले ७ हजार, पुरुषोत्तमले ४ हजार, रामहरि (चौथो) ३ हजार र राजेन्द्रप्रसाद (पाँचौं) ले २ हजार प्राप्त गरे।

पुरुषोत्तम चौलागाइँ (७), सुशील (७), धिरेन (७), अभिक शाह (७), शैलेन्द्र न्यौपाने (७) शीर्ष १० मा रहँदै १–१ हजार हात पारे ।

एन्जल महर्जनले ६.५ अंक जोड्दै महिलातर्फ विजेता बनिन्। उक्त स्पर्धामा नेपाल च्याम्पियन सिन्दिरा जोशी (६) दोस्रो र पुनम प्रसाइँ (६) तेस्रो भए । टाइब्रेकरमा पुनमलाई उछिन्दै सिन्दिरा उपविजेता भएकी हुन् । यसमा प्रथमले ३ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार प्राप्त गरे।

यू ९ गल्र्समा रुबेश्री (३), ब्वाइजमा एल्बिक अधिकारी (५) विजेता भए।

यू ११ गल्र्समा नायुमा मगर (३.५) र ब्वाइजमा अग्रिम सैंजु (६) प्रथम भए। यू १३ ब्वाइजमा सिद्धार्थ लामा (५) र सोफिया गुरुङ (२.५) ले सफलता हात पारे। यू १५ तर्फ ब्वाइजमा आशिष गुप्ता (६.५) र गल्र्समा विपश्वी अधिकारी ९३० ले स्वर्णपदक जिते।

विक्षर्थीतर्फ कक्षा १० सम्मको स्पर्धामा बुटवलका प्रमिश कुँवर (६ अंक) पहिलो भए। भेट्रान (५५ वर्षमाथि) महेश्वरलाल डंगोल (७ अंक), रेटिङ १९०० मुनि मिसन दाहाल (७.५) र १७०० मुनि सजल न्यौपाने (७) र अनरेटेडमा फूर्वा लामा (६.५) शीर्षस्थानमा रहे। बेस्ट हिमालयनको अवार्ड गल्र्समा प्रज्ञा पन्त (४.५) र ब्वाइजमा रायान श्रेष्ठ (६) ले प्राप्त गरे।

‘फिडे १०० गिनिज वल्र्ड रेकर्ड अटेम्प्ट’ अभियानमा साथ दिन आयोजित हिमालयन १०० मा १ सय खेलाडीले स्वीस प्रणालीको आधारमा १० चरणमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .