ad ad

खेल


महिला एसिया कपः यूएईद्वारा नेपालसामु १ सय १६ रनको लक्ष्य प्रस्तुत

महिला एसिया कपः यूएईद्वारा नेपालसामु १ सय १६ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १५:५७, काठमाडौँ

एसीसी महिला एसिया कप २०२४ अन्तर्गत पहिलो खेलमा जितका लागि यूएईले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीसामु १  सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

श्रीलंकाको दाम्बुला क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको हो। 

पाँचौँ विकेटका लागि काभिसा र खुसी शर्माले ३२ रनको साझेदारी गर्दै यूएईको इनिङस् उकासेका थिए। २६ बलमा २ चौका सहयोगमा २२ रन बनाएकी काभिसा १५ औँ ओभरको पहिलो बलमा कृतिका मरासिनीको बलमा कविता जोशीको हातबाट क्याच आउट भइन्। 

३९ बलमा २ चौका प्रहार गरेकी खुसी १८.३ ओभरमा इन्दु बर्माको बलमा कृतिका मरासिनीको हातबाट क्याच आउट भईन्।

समाइरा डार्निडर्काले १३ रन थपिन्।  कप्तान इसा ओजा १० रन बनाउँदा रन आउट भइन्। 

नेपालकी कप्तान इन्दु बर्माले ३ विकेट लिइन्। उनले आफ्नो स्पेलमा १९ रन खर्च गरिन्। सवनम राई,कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट झारे। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .