विश्व रेस्लिङका हस्ती जोन सिनाले सन् २०२५ मा रिङ करिअरबाट विदा लिने निर्णय गरेका छन्।
खेल जीवनबाट सन्न्यास लिएपछि क्यानडा फर्किएर रेस्लिङ सिकाउने योजना सार्वजनिक गरेका हुन्।
सन् २००१ मा वल्र्ड रेस्लिङ इन्टरटेनमेन्टमा साइन गरेका उनले सन् २०२५ को च्याम्पियनसिप खेलेर सन्न्यास लिने योजना बनाएका छन्। १६ पटकका विश्व च्याम्पियन उनी अहिलेसम्मको सबै समयका उत्कृष्ट रेस्लर हुन्।
सन् १९९८ मा बडिविल्डिङ छाड्दै उनी व्यवसायिक रेस्लर बनेका थिए। सन् १९९९ मा अल्टिमेट प्रो रेस्लिङमा डेब्यु गरेका थिए।
उनले १३ पटक डब्लुडब्लुई च्याम्पियनसिप जित्नुका साथै ३ पटक विश्व हेभिवेट च्याम्पियनसिप जितेका थिए।
पाँच पटकको डब्लुडब्लुई युनाइटेड स्टेट च्याम्पियन जितेका उनले अन्य थुप्रै उपाधि जितेका छन्।
— WWE (@WWE) July 7, 2024BREAKING NEWS: John Cena announced at #MITB he will retire from in-ring competition in 2025.#ThankYouCena pic.twitter.com/6TPnYI5iU2
Shares

प्रतिक्रिया