ad ad

खेल


आईसीसी टी २० विश्वकपः दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको लक्ष्य

आईसीसी टी २० विश्वकपः दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको लक्ष्य

नेपालखबर
असार १५, २०८१ शनिबार २१:५४, काठमाडौँ

आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध जितका लागि १ सय ७७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको हो। 

पाचौँ विकेटका लागि विराट कोहली र शिवम दुवेले ५७ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफलतर्फ डोर्याएको थिए।

ओपनर विराट कोहली ७६ रन बनाउँदा क्याच आउट भए। ५९ बलमा ६ चौका र २ छक्का हानेका कोहली १८.५ ओभरमा मार्को जानसेनको बलमा कागिसो रवाडाको हातबाट क्याच आउट भए। कोहलीले ४८ बलमा ४ चौका र सहयोगमा अर्धशतक पूरा गरेका थिए। 

शिवम दुवे २७ रनमा क्याच आउट भए। १६ बलमा ३ चौका र १ छक्का हानेका दुवे अन्तिम ओभरको चौथो बलमा एनरिच कोर्टेजको बलमा क्याच आउट हुन पुगे। 

पावर प्लेमा नै ३ विकेट गुमाएको भारतका लागि चौथो विकेटका लागि विराट कोहली र अक्षर पटेलले ७२ रनको साझेदारी गर्दै टोलीको इनिङस् उकासेका थिए। 

भारत एक समय ४.३ ओभरमा ३–३४ को अवस्थामा थियो। ३१ बलमा १ चौका र ४ छक्का हान्दै ४७ रन बनाएका पटेल १३.३ ओभरमा रन आउट भए। 

भारतले दोस्रो ओभरमा नै महत्वपुर्ण २ विकेट गुमायो। दोस्रो ओभरको चौथो बलमा कप्तान रोहित शर्मा ९ रन बनाउँदा केशव महाराजको बलमा क्याच आउट भए।

सोही ओभरको अन्तिम बलमा रिसभ पन्त महाराज कै बलमा शुन्य रनमा नै आउट भए। सुर्य कुमार यादव ३ रन बनाउँदा कागिसो रवाडाको बलमा क्याच आउट भए। 

रविन्द्र जडेजा २ रनमा क्याच आउट भए। हार्दिक पाण्ड्या ५ रनमा अविजित रहे। 

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच कोर्टेनले समान २ विकेट लिए। कागिसो रवाडा र मार्को जोनसनले समान १ विकेट लिए। 

दक्षिण अफ्रिकाले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .