साविक विजेता इटालीलाई हराउँदै स्पेन युरो कप २०२४ को अन्तिम १६ मा पुगेको छ।
बिहीबार राति भएको समूह बीको खेलमा इटालीलाई १–० गोल अन्तरले जित्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो।
खेलको ५५औँ मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले गरेको आत्मघाती गोल नै स्पेनलाई अन्तिम १६ मा पुग्न पर्याप्त भयो।
अल्भारो मोराटाले फ्लिक गरेको बल रिकार्डोको घुडाँमा लाग्दै गोल भएको थियो।
स्पेन लगातार २ खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदा इटालीले भने पहिलो हार भोगेको हो।
इटालीले एक खेलमा जित र एक खेलका हार भोग्दै समूह बीको दोस्रो स्थानमा छ। यो लगातार दुई खेलमा हार भोगेका अल्बानिया तेस्रो र क्रोएसिया चौथो स्थानमा छन्।
खेलमा इटालीले थुप्रै अवसरको सिर्जना गरेपनि गोल गर्न भने सकेन।
समूह चरणको पहिलो खेलमा स्पेनले क्रोएसियाविरुद्ध ३–० को जित हासिल गर्दै जित सुरुवात गरेको थियो।
Shares
प्रतिक्रिया