ad ad

खेल


घुँडाको चोटका कारण म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले सिजन गुमाउने

घुँडाको चोटका कारण म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले सिजन गुमाउने

नेपालखबर
असोज १२, २०८१ शनिबार ९:३५, काठमाडौँ

घुँडाको चोटका कारण म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो सिजन गुमाउने भएका छन्।  

आइतबार राति आर्सनलसँग २–२ को बराबरी भएको खेलमा रोड्रीले घुँडामा चोट बोक्न पुगेका थिए। 

सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिआलाले रोड्रीको घुँडाको शल्यक्रिया भएको र उनले सिजनका बाँकी खेल गुमाउने बताएका हुन्। 

२८ वर्षीय रोड्रीको घुडाँको (एन्टेरियर क्रुसिएल लिगामेन्ट) एसिएल र मिनिस्कस गएको छ। उनको घुँडाको शुक्रबार शल्यक्रिया भएको थियो। 

गत सिजन सिटीले लगातार चौथो उपाधि उचाल्दा उनको प्रर्दशन स्तरीय थियो। तर त्यस सिजनमा पनि उनले पाँच खेल गुमाएका थिए। 

प्रशिक्षक ग्वार्डिआलाले रोड्रीको विकल्प नभएकाले उनको स्थान अरू कसैले लिन नसक्ने बताए। 

उनले थपे, 'उनी समान खेलाडी हामीसँग छैनन्, तर सबै जना मिलेर उनको स्थान लिन सक्नुपर्छ। मुख्य खेलाडीबिना अब सिटीले पनि खेल्ने रणनीतिमा परिवर्तन गर्नुपर्छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .