ad ad

खेल


‘सुपर एट’को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित

‘सुपर एट’को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित

नेपालखबर
असार ६, २०८१ बिहिबार ५:४३, काठमाडौँ


आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा आयोजक अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको छ। 

गएराति भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। 

दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा १ सय ७६ रन मात्र बनाउन सक्यो। 

अमेरिकालाई कम स्कोरमा रोक्न कागिसो रवाडाले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३२ रन दिए। केशव महाजन, एनरिच नोर्तेज  तब्राहिज साम्सीले समान १ विकेट लिए। 

अमेरिकाका एन्ड्रिस जोसले सर्वाधिक ० रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। 

उनले ४७ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ८० रनमा अविजित रहे। हरमित सिंहले ३, स्टेभन टेलरले २४ र कोरी एन्डरसनले १२ रन थपे। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको थियो। 

दोस्रो विकेटका लागि ओपनर क्वीनटन डी कक र कप्तान एडेन मक्रमले १ सय १० रनको विशाल साझेदारी गरेपछि दक्षिण अफ्रिकाले बलियो योगफल तयार पारेको हो। 

क्वीन्टन डीककले ४० बलमा ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाए। कप्तान मक्रम ४६ रनमा क्याच आउट भए। उनले ३२ बलमा ४ चौका र १ छक्का हाने। अर्का ओपनर हिजा हेन्ड्रिकले २२ रन बनाउँदा क्याच आउट भए। 

हेनरिच क्लासेन ३६ र ट्रिस्टन स्टुब्स २० रनमा अविजित रहे। डेभिट मिलर गोल्डेन डकआउट भए। 

अमेरिकाका सौरभ नेत्रवल्कर र हरमीत सिंहले समान २ विकेट लिए। सुपर ८ मा आज दुई खेल हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .