फ्रान्सिस्को कन्सेकाओको निर्णायक गोलमा पोर्चुगलले युरो कप २०२४ मा विजयी सुरुवात गरेको छ।
मगंलबार राति भएको समूह ‘एफ’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। खेलको ६२ औँ मिनेटमा लुकास प्रोभोडको गोलमा चेक रिपब्लिकले सुरुवाती अग्रता बनाएको थियो।
तर ६९ औँ मिनेटमा रोबिन ह्यानाकको आत्मघाति गोलमा पोर्चुगल बराबरीमा आएको थियो। गोलरक्षक जिन्ड्रिच स्टानेकले नुनो मेन्डेसको हेडर रोक्ने प्रयास गर्दा रोबिनलाई लाग्दै बलले पोस्टको गति लिएपछि रिपब्लिकको जित्ने आशा समाप्त भएको थियो।
अन्तिम समयमा डियोगो जोटाको गोल रेफ्रिले अफसाइड दिदै खारेज गरे। तर इन्ज्युरी समयमा कन्सेकाओको निर्णायक गोलमा पोर्चुगलले पहिलो जित दर्ता गर्न सफल भयो।
यो गोल मद्धतमा पोर्चुगिन कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी छैटौँ युरोपियन च्याम्पियनसिपमा अविष्मरणिय जित हात पार्यो।
गएराति कै अर्को खेलमा टर्कीले जर्जियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ।
युरोकपमा आज बुधबार राति ३ खेल हुनेछ। समुह ए का दुई खेल हुँदा समूह बी का एक खेल हुने तालिका छ।
समूह ए का जर्मनी र हगेंरी तथा स्कटल्यान्ड र स्वीटजरल्यान्ड भिड्नेछन्। अर्को खेलमा क्रोएसिया र अल्बानिया खेल्ने तालिका छ।
Shares
प्रतिक्रिया