ad ad

खेल


सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि

फाइल फोटो


नेपालखबर
असार ३, २०८१ सोमबार १६:२५, काठमाडौँ

सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि सुरु हुने भएको छ।

खेल मंगलवारबाट सुरु भइ शुक्रवार सम्पन्न हुनेछ।

गोकर्ण गल्फ क्लवमा हुने ७२ होलको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार र चौथोले १ लाख २ हजार र पाँचौं हुनेले ८८ हजार रुपैयाँ पाउनेछन्।

यसैगरी शिर्ष २१ भित्र रहने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा दुई चरणको समाप्तीपछि कट लागू हुनेछ।

जसबाट शिर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिष्पर्धा गर्न पाउने आयोजकले बताएको छ।

शनिवार प्रो एम च्याम्पियनसिप पनि हुनेछ। जसमा २५ प्रोफेसनर र १०० एम्योचर गल्फरले प्रतिष्पर्धा गर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .