ad ad

खेल


बंगलादेशविरुद्ध नेपाललाई पाचौँ सफलता

बंगलादेशविरुद्ध नेपाललाई पाचौँ सफलता

फाइल फाेटाे


नेपालखबर
असार ३, २०८१ सोमबार ६:७, काठमाडौँ

आईसीसी टी-२० विश्वकपअन्तर्गत जारी खेलमा बंगलादेशविरुद्ध नेपाललाई पाचौँ सफलता मिलेको छ। 

बंगालदेशका मोहम्मदुल्लाह नवौ ओभरको अन्तिम बलमा रन आउट भए। १३ रन बनाएका उनलाई सन्दीप लामिछानेको बलमा गुल्सन झाले रन आउट गराए। 

वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको बंगलादेशले ९ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ५२ रन बनाएर खेलिरहेको छ। 

इनिङ्सको पहिलो बलमा नै बंगलादेशको विकेट लिएको नेपालले बंगाली टोलीलाई दबाबमा राखिरहेको छ। 

पाचौँ ओभरको चौथो बलमा नेपालका कप्तान रोहित पौडेलले ९ रन बनाएका तोहिद ह्दोयलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए। 

तिव्रगतिका बलर सोमपाल कामीले पाचौँ ओभरको तेस्रो बलमा लिटोन दासलाई १० रन बनाउँदा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउ गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए। .उनले नै इनिङस्को पहिलो बलमा नै विकेट लिदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। बंगलादेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए। 

दीपेन्द्रले दोस्रो ओभरको तेस्रो बलमा बंगालदेशका कप्तान नाजमुल हुसैन सान्तोलाई ४ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई लगातार दोस्रो सफलता दिलाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .