ad ad

खेल


क्रिकेट टोलीका खेलाडीलाई सरकारले दियो जनही १३ लाख पुरस्कार (तस्बिरहरू)

क्रिकेट टोलीका खेलाडीलाई सरकारले दियो जनही १३ लाख पुरस्कार (तस्बिरहरू)

सरोज बैजु
असार २, २०८१ आइतबार १८:२९, काठमाडौँ

युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही १३ लाख प्रदान गरेको छ। मन्त्रालयले आइतबार एक बधाई तथा सम्मान कार्यक्रम आयोजना गर्दै टी–२० विश्वकपका लागि छनोट हुन सफल १५ खेलाडीलाई १३ लाखका दरमा पुरस्कार वितरण गरेको हो। 

त्यस्तै, प्रशिक्षक, टिम व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई पनि नगदसहित सम्मान गरिएको छ। 

सरकारको तर्फबाट खेलाडीहरुलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो। सरकारले नेपाली टोली विश्वकपमा छनोट भएसँगै पुरस्कार घोषणा गरेको थियो। 

१९ औँ एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९ औँ एशियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एशियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आईसीसी मेन्स टी ट्वान्टी वर्ल्ड कप फाइनल एशियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो। 

कार्यक्रममा १९औं एसियाली खेलकुदमा रजत विजेता, काँस्य पदक विजेता राष्ट्रिय महिला कबड्डी टीम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता लगायतलाई पनि पुरस्कारसहित सम्मान गरिएको थियो।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .