खेल


कुशल भुर्तेलले लिए दोस्रो विकेट, नेपाललाई अर्को सफलता

कुशल भुर्तेलले लिए दोस्रो विकेट, नेपाललाई अर्को सफलता

फाइल तस्बिर


नेपालखबर
असार १, २०८१ शनिबार ६:१५, काठमाडौँ

नेपालका ओपनर कुशल भुर्तेलले आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाको तेस्रो विकेट झारेका छन्। 

कुशलले १४ औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए। 

त्यसअघि कुशलले नै १२ औँ ओभरको दोस्रो बलमा कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए। 

त्यसअघि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए।  

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १४ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ७४ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad