ad ad

खेल


वेस्ट इन्डिजले न्युजिल्यान्डलाई दियो १५० रनको लक्ष्य

वेस्ट इन्डिजले न्युजिल्यान्डलाई दियो १५० रनको लक्ष्य

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ८:१३, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डसामु १ ५० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

ट्रिनीडानस्थित ब्रायन लारा स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो। 

वेस्टइन्डिजका लागि शेफेन रदरफोर्डले अर्धशतक पूरा गरे। उनले ३९ बलमा २ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए। 

निकोलस पुरनले १७ रन थपे। अकेल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफार्डले १३ रन बनाए। 

न्युजिल्यान्डका ट्रेन बोल्टले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १६ रन खर्चे। टिम साउथी र लोकी फर्गुसनले समान २ विकेट लिए। जेम्स निसाम र मिचेल साट्नरले समान १ विकेट आफ्नो नाममा गरे। 

आजको खेलमा आयोजक वेस्टइन्डिज न्युजिल्यान्डलाई हराउँदै एक खेल अगावै सुपर ८ मा पुग्न चाहन्छ। २ खेलमा अपराजित रहेको वेस्टइन्डिज ४ अंकमा दोस्रो स्थानमा छ। उता न्युजिल्यान्ड भने घरेलु टोलीलाई हराउँदै पहिलो जितको खोजीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .