ad ad

समाज


ताप्लेजुङमा पहिरोले ट्याक्टर पुरिँदा २५ वर्षीय युवकको मृत्यु

ताप्लेजुङमा पहिरोले ट्याक्टर पुरिँदा २५ वर्षीय युवकको मृत्यु

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ८:५७, ताप्लेजुङ

ताप्लेजुङको सिरिजंगामा पहिरोले ट्याकटर पुरिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ। 

पाँचथरको फिदिम नगरपालिका–१४, लुङ्रुपा घर भइ निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

परियोजनास्थल सिरिजङ्गा गाउँपालिका–७ खेबाङको सिरिसेतर्फ सामान बोकेर जाँदै गरेको मे. १ त ७९६९ नम्बरको ट्याक्टरलाई सडकमाथिबाट झरेको पहिरोले पुर्दा राईको घटनास्थलमै मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुंगेलीका अनुसार पहिरोले ट्याक्टर बगाएर सडकदेखि करिब ६० मिटर तल पु¥याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .