ad ad

खेल


नामिबियालाई ९ विकेटले हराउँदै अस्ट्रेलिया सुपर ८ मा

नामिबियालाई ९ विकेटले हराउँदै अस्ट्रेलिया सुपर ८ मा

नेपालखबर
जेठ ३०, २०८१ बुधबार ११:३१, काठमाडौँ

अस्ट्रेलियाले नामिबियालाई हराउँदै आईसीसी टी–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ।

वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रंगशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराउँदै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो।

समूह ‘बी’मा रहेको अस्ट्रेलियाले लगातर तेस्रो जित हासिल गर्दै विश्वकपको सुपर आठमा पुगेको हो। अस्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्यान्डलाई ३६ रनले हराएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५ दशमलव ४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। 

अस्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए। उनले १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहे। त्यस्तै डेविड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए। नामिबियाका डेविड विजाले १ विकेट लिए।

त्यसअघि  टस हारेर पहिला ब्याटिङको गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो। नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए। त्यस्तै माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

समूह ‘बी’मा अस्ट्रेलिया तीन खेलमा छ अंकका साथ शीर्षस्थानमा छ।

त्यसैगरी सोही समूहमा रहेको स्कटल्यान्ड तीन खेलमा दुईमा जित र एक खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ।

नामिबिया तीन खेलमा एक जित र दुई खेलमा हारसहित दुई अंकका साथ तेस्रो स्थानमा छ। इंग्ल्यान्ड दुई खेलमा एक अंकका साथ चौथो स्थानमा छ।

ओमान तीन खेलमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ। विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .