ad ad

खेल


सीजी फुड्सले महिला क्रिकेट टोलीको विकासका लागि ६० लाख सहयोग गर्ने

सीजी फुड्सले महिला क्रिकेट टोलीको विकासका लागि ६० लाख सहयोग गर्ने

सीजी फुड्सले अब महिला टोलीलाई पनि प्रायोजन गर्नेछ (तस्बिर : सरोज नेपाल)


नेपालखबर
जेठ २८, २०८१ सोमबार १३:३१, काठमाडौँ

सीजी फुड्सले महिला क्रिकेट टोलीको विकासका लागि प्रायोजन वापत ३० लाख र अन्य क्रिकेट गतिविधिका लागि ३० लाख रुपैयाँ गरेर ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 

सीजी फुड्सले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महिला टोली र क्रिकेट गतिविधि सञ्चालनका लागि नेपाल क्रिकेट संघसँग सम्झौता गरेको छ। 

सम्झौता पत्रमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका प्रमुख कार्यकारी निर्देशक प्रदीप पुडासैनीले हस्ताक्षर गरे।  

सीजी फुड्सले क्रिकेट गतिविधि सञ्चालनका लागि दिने ३० लाख रुपैयाँ ग्रासरुट र अन्य क्रिकेट गतिविधिमा खर्च गरिने क्यानका सचिव खड्काले बताए। सचिव खड्काले भने, ‘केही समयपछि हामी छलफल गरेर कुन क्षेत्रमा कसरी खर्च गर्ने भनेर निर्णय गर्नेछौँ, अहिले तत्कालका लागि ग्रासरुटमा खर्च गर्ने योजना बनाएका छौँ।’

यसअघि नेपालको यू–१९ पुरुष टोलीलाई प्रायोजन गर्दै आएको सीजी फुड्सले अब महिला टोलीलाई पनि प्रायोजन गर्नेछ। 

यसैबीच सीजी फुड्सले आईसीसी टी–२० विश्वकप लक्षित गरेर क्रिकेट स्पेसल एडिसन प्याकेट पनि बजारमा ल्याएको छ।

१० वर्षपछि नेपाल विश्वकपमा पुगेको अवसरमा सीजीले बजारमा ल्याएको वाइवाई चाउचाउको प्याकेटमा क्रिकेट हामी सबैको वाईवाइको स्थानमा हामी सबैको क्रिकेट लेखिएको छ। भने प्याकेटमा क्रिकेट खेलीरहेको खेलाडीको तस्बिर पनि राखिएको छ। 

विश्वकप स्पेशल प्याकेट हालका लागि नेपालमा मात्र उपलब्ध हुनेछ। 

सीजी फुड्सले यसअघि विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप पुरस्कार राशीको घोषणा गरेको थियो। वाइवाइले सुपर–८ मा पुग्न सफल भएमा ३० लाख रुपैयाँ घोषणा गरेको छ। 

यस्तै प्रत्येक रन वापत १ हजार, प्रत्येक चौका वापत ८ हजार, प्रत्येक छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत  १५ हजार, प्रत्येक अर्धशतक वापत५० हजार, प्रत्येक शतक वापत १ लाख रुपैयाँ र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ दिने घोषणा गरेको छ। 

क्यान मार्फत दिइने यो रकम टोलीका सबै खेलाडीलाई बाँडिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .