ad ad

खेल


वाइवाइले बजारमा ल्यायो ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’, महिला टोलीलाई पनि प्रायोजन गर्ने

वाइवाइले बजारमा ल्यायो ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’, महिला टोलीलाई पनि प्रायोजन गर्ने

‘वाइवाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा आएको छ। तस्बिर : सरोज नेपाल


नेपालखबर
जेठ २८, २०८१ सोमबार १२:२८, काठमाडौँ

सीजी फुड्स नेपाल लिमिटेडले आईसीसी टी–२० विश्वकपमा सहभागी टिमको समर्थन तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘वाइवाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’को अवधारणा कार्यान्वयनमा ल्याइएको हो। 

टी–२० विश्वकपमा नेपाली राष्ट्रिय टोलीसँग रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइवाइको यो प्याकेट विशेष रहने कम्पनीले जनाएको छ। 

यो अवसरमा सीजी फुड्सले यू–१९ महिला क्रिकेट टिमलाई समेत प्रायोजन गर्ने भएको छ। यसअघि पुरुष टिमलाई मात्रै प्रायोजन गर्दै आएको यो कम्पनीले महिला टिमलाई प्रायोजनबापत ३० लाख र अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख सहयोग गर्ने सोमबार पत्रकार सम्मेलनमार्फत कम्पनीले जनाएको छ। 

सोमबार सीजी फुड्सका सीईओ प्रदीप पुडासैनी र क्यानका सचिव पारस खड्काबीच यो सम्झौतामा हस्ताक्षर समेत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .