ad ad

खेल


मध्यरातसम्म नसुतेर विश्वकप हेर्न बसे प्रधानमन्त्री प्रचण्ड

मध्यरातसम्म नसुतेर विश्वकप हेर्न बसे प्रधानमन्त्री प्रचण्ड

छोरी गंगा दाहालसँग विश्वकप हेर्दै प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
जेठ २३, २०८१ बुधबार ९:६, काठमाडौँ

आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपालको पहिलो प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्डले पनि राति अबेरसम्म नसुती चाखपूर्वक हेरेका छन्। 

मंगलबार राति नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेको थियो। राति सवा ९ बजे सुरु खेल सकिँदा करिब १ बजेको थियो। 

सो प्रतिस्पर्धा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा टीभी हेर्दै सामाजिक सञ्जालमार्फत नेपाली खेलाडीहरूलाई हौसला दिएका हुन्। जुन तस्बिर प्रधानमन्त्री प्रचण्डले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

 

खेल चरिहेका बेला उनले लेखेका थिए, ‘नेपालको विश्वकप यात्रामा रोमाञ्चक क्षण आउँदै छ। नेपाली टिमका खेलाडी साथीहरू! म तपाईंहरूको साथमा छु, सिंगो देश तपाईंहरूको साथमा छ।’

तर नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले हार्‍यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .