ad ad

खेल


दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमा अलआउट

दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमा अलआउट

नेपालखबर
जेठ २१, २०८१ सोमबार २२:३, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह डी को खेलमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमा अलआउट भएको छ।

न्युयोर्कको नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा अलआउट भएको हो।

श्रीलंकाका लागि कुशल मेन्डिसले १९, एंगेलो माथ्यु १६ र कमिन्डु मेन्डिस ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

साउथ अफ्रिकाका एनरिच नोर्टेजले सर्वाधिक ४ विकेट लिए। कागिसो रवाडा, केशव महाराजले समान २ विकेट लिए। ओटनिल बार्टमानले १ विकेट आफ्नो नाममा गरे।

साउथ अफ्रिकाले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .